नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सिन्धुपाल्चोकको १४ औं जिल्ला अधिवेशन सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सिन्धुपाल्चोकको १४ औं जिल्ला अधिवेशन २०८१ फागुन १६–१७ सुकुटेमा सम्पन्न भएको छ । शुक्रबार राष्ट्रिय समितिका महासचिब हंसबहादुर शाहीको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम सहित सुरु भएको अधिवेशन कृष्ण बहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ जिल्ला समिति गठन गर्दै सम्पन्न भएको हो ।
अधिवेशनले उपाध्यक्ष बिर्खबहादुर श्रेष्ठ, महिला उपाध्यक्ष अप्सरा खड्का, सचिब लेखनाथ भट्टराई, कोषाध्यक्ष तुलबहादुर लामा, सहसचिबमा सावित्री सापकोटा, सहकोषाध्यक्षमा लक्ष्मी सत्याल सहित २९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।


निर्बाचित सबै पदाधिकारीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top