शिक्षक महासंघ मेलम्ची नगर समितिमार्फत पालिकामा ध्यानाकर्षण

शिक्षक, कर्मचारीहरुसँग सरकारले विभिन्न सहयमा गरेका मागको सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न दबाब दिन नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषण गरेको आन्दोलनको पहिलो चरण अन्तर्गत आज देशभर सबै स्थानीय तहमा पालिकाहरुमा चरणवद्ध आन्दोलनका कार्यक्रमहरुबारे जानकारी गराउँदै ध्यानाकर्षण पत्र बुझाइएको छ ।


यसै क्रममा नेपाल शिक्षक महासंघ, मेलम्ची नगर समितिले मेलम्ची नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउने काम सम्पन्न गरेको छ । शिक्षक महासंघ मेलम्ची नगर अध्यक्ष शिवप्रसाद ढुंगानाले जिल्ला अध्यक्ष कुमारप्रसाद खतिवडा, आवद्ध संस्थाका पालिका अध्यक्ष तथा पदाधिकारी सहितको सहभागितामा ध्यानाकर्षण पत्र बुझाइएको छ । मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्रमार्फत सो ध्यानाकर्षण पत्र बुझाइएको हो ।


शिक्षक महासंघ राष्ट्रिय समितिले विभिन्न चरणमा देशव्यापी रुपमा आन्दोलनका पालिका, जिल्ला हुँदै काठमाडौं केन्द्रित आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top