नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरको अध्यक्षमा मुकुन्द न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ। माघ ११ र १२ गते हेटौँडामा सम्पन्न १४औं जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा रुपचन्द्र गोपाली र चन्द्रादेवी लामा, सचिवमा गोपीरमण प्याकुरेल चयन हुनु भएको छ भने सहसचिवमा सविता लामिछाने चयन हुनुभएको छ ।
नव निर्बाचित जिल्ला समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना ।