शिक्षकहरुका लागि एक दिने Item Writing कार्यशाला

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्ची नगर समितिको आयोजनामा एक दिने प्रश्नपत्र निर्माण सम्बन्धि कार्यशाला शनिबार सम्पन्न भएको छ । श्री कृष्ण मा वि थकनीमा सम्पन्न कार्यक्रममा ३५ जना शिक्षकहरुको सहभागिता रहेको थियो । विद्यालय तहमा स्तरीय प्रश्नपत्र निर्माणका लागि प्राविधिक सिप विकास गर्ने उद्देश्यले सञ्चालित उक्त कार्शालाको सहजीकरण डा. रमेशप्रसाद अवस्थीले गर्नुभएको थियो ।

सङ्गठनले शिक्षकहरुको पेशागत अधिकार तथा क्षमता विकासमा विभिन्न रचनात्मक कार्यहरु गर्दै अइरहेको छ ।

कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सहभागी शिक्षक साथीहरु‚ सहजकरण गर्नुहुने अदरणीय रमेशप्रसाद अवस्थी सर एवम् व्यवस्थापकीय सहयोगका निम्ति श्री कृष्ण मा वि का आदरणीय प्रधानाध्यापक लगायत सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

२०८२ पाैष ५

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top