नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सिन्धुपाल्चोकले २०८१ सालको एसइइ परीक्षामा जिल्लाका सबै स्थानीय तहबाट सामुदायिक विद्यालयतर्फ पालिकागत रुपमा उत्कृष्ट एवं संस्थागततर्फ जिल्लाको उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा मंगलबार सम्पन्न गरेको छ । संगठनका बागमती प्रदेश अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्य र संगठनका राष्ट्रिय समति सदस्य मैयाँ पौडेल एवं नेकपा(एमाले)जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको विशेष आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहका ४ जीपीए प्राप्त गर्न सफल ६ जना सहित जम्मा १७ जना पालिकागत उत्कृष्ट विद्यार्थीहरु सम्मानित भएका छन् ।
जिल्ला समिति अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षतामा चौतारा बहुमुखी क्याम्पसमा राखिएको उक्त कार्यक्रममा सम्मानित विद्यार्थीहरूमा रोजिना स्याङतान (चौतारा), अबिरल श्रेष्ठ (इन्द्रावती), आशिष बम्जन (पाँचपोखरी), स्मृती नेपाल, शुभेक्षा श्रेष्ठ, म्हेन्दो लामा (बलेफी), प्रशान्त चाम्सल, आयुष सापकोटा (जुगल), सन्दीप खड्का (सुनकोशी) प्रशान्त चालिसे, सबिना थापा, सन्तोष गिरी (मेलम्ची) फुर्साङ तामाङ (लिसंखु) , पूर्णिमा श्रेष्ठ (बाह्रविसे) , प्रमोद कार्की (भोटेकोशी) , सुशील थापा (त्रिपुरा) र गौरव शर्मा (हेलम्बु) रहेका छन् ।
साथै सोही अवसरमा सिन्धुपाल्चोकमा दुई कार्यकाल संगठनको जिल्ला समितिको नेतृत्व गर्नुभएका निवर्तमान अध्यक्ष मैया पौडेल १४औं राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय समितिमा निर्वाचित हुनुभएकोमा उहाँलाई बधाई तथा शुभकामना सम्मान समेत गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख वक्ताहरूले सम्मानित विद्यार्थीहरूलाई अझ उच्च लक्ष्य निर्धारण गर्दै अघि बढ्न प्रेरणा प्रदान गर्नुका साथै संगठनका गतिबिधिहरुको प्रशंसा गर्नुभएको थियो ।
२०८२ साउन ६