नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सिन्धुपाल्चोकको चौधौं जिल्ला अधिवेशन सुनकोशी स्थित सेरा बिचमा २०८१ फागुन १६ र १७ गते हुने भएको छ । जिल्ला अधिवेशन अघि सबै पालिका अधिवेशन सम्पन्न भइसक्नुपर्ने मा चौतारा साँगाचोकगढी बोहक सबै सम्पन्न भइसकेको छ । चौतारा साँगाचोकगढीको पनि छिटै सम्पन्न हुने र जिल्ला अधिवेशनको लागि अन्य तयारी तिब्र पार्ने योजना रहेको छ । शिक्षकहरुको पेशागत संगठनहरु मध्ये सबै भन्दा ठुलो संगठनको रुपमा जिल्लामा नेपाल राष्ट्रिय शिक्षक संगठन क्रियाशिल छ ।