शिक्षक सङ्गठनमार्फत आगलागी पिडित शिक्षकलाई राहत सहयोग

मेलम्ची नगरपालिका वडा नं. ११ निवासी शिक्षक रामभक्त दनुवारको गत पौष २९ गते आगलागीबाट घर तथा अन्नपात क्षति भएकोमा नेपाल राष्ट्रिय शिक्षक संगठन मेलम्ची नगर समितिमार्फत उहाँको निम्ति सञ्चालन गरिएको राहत सहयोग सङ्कलन अभियानमार्फत संकलित रु. ८३,४७०।– (त्रियासी हजार चार सय सत्तरी रुपैयाँ) रकम सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य राधाकृष्ण श्रेष्ठ, मेलम्ची नगर शिक्षक महासंघका अध्यक्ष शिवप्रसाद ढुङ्गाना सहित नेपाल राष्ट्रिय शिक्षक संगठन मेलम्ची नगर समितिका पदाधिकारी एवं सदस्यहरुको सहभागितामा शनिबार सो रकम हस्तान्तरण गरिएको हो ।
एउटा शिक्षकमाथी परेको विपदमा साथ दिनु अरु शिक्षकको पनि जिम्मेवारी भएकोले नगर समितिले समन्वय गरी सञ्चालित अभियानमार्फत जम्मा भएको सहयोग हस्तान्तरण गरिएको हो ।

1 thought on “शिक्षक सङ्गठनमार्फत आगलागी पिडित शिक्षकलाई राहत सहयोग”

  1. shiva prasad Dhungana

    बिपद मा आफुले सकेको सहयोग गर्नु मानवीय कार्य हो।यश काममा सहयोग पुर्याउनु हुने सवैलाइ धन्यवाद ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top