शिक्षक हित साकोस सिन्धुपाल्चोकको १०औँ वार्षिक साधारण सभा

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि., सिन्धुपाल्चोकको १० औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री राजेन्द्र कुृमार श्रेष्ठ ज्यूको अध्यक्षता तथा वागमती प्रोस्कूनका महिला उपाध्यक्ष श्री कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा मिति २०८१ मंसिर ८ गते शेरा विच सुकुटे, सिन्धुपाल्चोकमा भव्यतामा साथ सम्पन्न भयो । कार्यक्रममा बागमती प्रदेश सहकारी संघका सञ्चालक एवं यस संस्थाका पुर्व अध्यक्ष श्री कृष्ण प्रसाद सुवेदी, बागमती प्रोस्कूनका सञ्चालक एवं यस संस्थाका उपाध्यक्ष श्री निर्मला धिताल, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिका अध्यक्ष श्री मैया पौडेल, प्रेस चौतारी नेपालका अध्यक्ष श्री विदुर आचार्य, जनता पत्रका प्रमुख टिका सुवेदी लगायतको गरिमामय उपस्थिती रहेको थियो । संस्थाको आर्थिक प्रतिवेदन संस्थको सचिव श्री शंकर ज्ञवाली, कोषाध्यक्षको प्रतिवेदन तथा आ.व. २०८१/८२को बजेट संस्थाका कोषाध्यक्ष श्री शंकर प्रसाद चापागाई र लेखा तथा सुपरिवेक्षणको प्रतिवेदन उक्त समितिका संयोजक श्री अजिता थापाले प्रस्तुत गर्नु भयो । यस कार्यक्रममा उत्कृट बचत कर्ताका रुपमा राजु दुलाल र सविता गुरुङ, उत्कृष्ट ऋण कारोवार कर्ता राजेन्द्र सापकोटा, उत्कृष्ट मोवाई एप प्रयोग कर्ता रेणु के.सी. , उत्कृष्ट बाल बचत कर्ता बद्रीनाथ अधिकारी र रेणु के.सी. पण्डित, जेष्ठ नागरिक सम्मान शिव प्रसाद न्यौपाने, निलबहादुर सापकोटा र राजदाश श्रेष्ठ, माथिल्लो संघमा निर्वाचित कृष्ण प्रसाद सुवेदी र निर्मला धिताल, उत्कृष्ट सञ्चालक शंकर प्रसाद चापागाई र उत्कृट कर्मचारी अनिल शर्मा, एस.ई.ई जिल्ला उत्कृष्ट नविना भण्डारी र एस.एल.सी जिल्ला उत्कृष्ट शुसिला तामाङ गरी जम्मा नौ वटा विधाहरुमा सदस्य सम्मान गरिएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top