नेपाल राष्ट्रिय शिक्षक संगठन मेलम्ची नगर समिति सचिवालयको पहिलो बैठक माघ २६ गते जालपादेवी मा. वि. बाहुनेपाटीमा सम्पन्न भएको छ ।
बैठकले वार्षिक कार्ययोजना तयारी, नगरको शैक्षिक विकास र शिक्षकको पेशागत अधिकारको सुनिश्चितताका लागि विभिन्न सम्भावना र चुनौती लगायत प्रमुख सवालहरुको गहन समिक्षा, नवनिवार्चित नगर समिति र वडा समितिको लागि एक दिने नेतृत्व विकास तालिम कार्यशाला सञ्चालन , २०८२ को शैक्षिक क्यालेण्डर निर्माण र फागुन १६–१७ मा हुने जिल्ला अधिवेशनको सफलताका लागि मेलम्ची नगर समितिले गर्नुपर्ने आवश्यक सहयोग बारे व्यापक छलफल सहित महत्वपूर्ण निर्णय गरिएका छन् ।
सम्बन्धित विषयमा नगर तथा वडा समितिमा आन्तरिक सर्कुलर गरिएको छ ।